Skip to content


तिमीसँग बिछोडिंदा संसारै भासिएको आभास भयो कान्छी
तिमीसँगै जिउने सपना आज धर्ती आकास भयो कान्छी

मायाप्रीति सस्तो ठान्यौ विश्वाशघातको बजारमा
दुई मुटुको बिछोड हुँदा आफ्नै आँगन प्रवास भयो कान्छी

आफ्नो सम्झी सारा खुशी सुम्पिदिएँ बदलामा चोट दियौ
दोषी रैछ मेरो जीवन निभेको दीप झैं उदास भयो कान्छी

सँगै जिउने सँगै मर्ने भविष्यका रंगीन सपनाहरु
आज हाम्रो मिलन नै उडाउने चैतको बतास भयो कान्छी

विश्वासघातको बजारमा हाम्रो चोखो माया सस्तो भएछ
जीवन स्वार्थी संसारमा दुनियाँले कुल्चिने उपहास भयो कान्छी

(साथमा सहयोगी निशान गोले )

1 thought on “भयो कान्छी”

  1. hi namaskar durga thulung
    hi namaskar durga thulung ramro lagyo giti kabit malai ta ythartha jasto jasto jagyo.sachai manisharu swart pyarma gar6n.

Leave a Reply

Your email address will not be published. Required fields are marked *