माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन
आंशुको मूल्य अरुलाई सोध
मैले त रुन जानेकै छैन
किन यो आपत बनाउछ्यौ मलाई
तिमीलाई आफ्नो मानेकै छैन
हेर्दैमा माया लगाउने भए
बोल्दैमा प्रिती बसाउने भए
किन पो मुटु जलाउनु पर्थ्यो
पिडाले चिच्याई कराउनु पर्थ्यो \
त्यसले तिमी यो कुरा बुझ
छोडीदेऊ अब मायाको सूझ
चाहन्छौ भने मित्रता गासौं
एक अर्काको बेदना साट्औं
मायाले मेरो यो छाती पोल्छ
मायामा मेरो यो मुटु जल्छ
अनी मायाले मेरो सर्वस्व हर्छ
त्यसैले मलाई गलत नठान
म माया लगाउन लायकको छैन
यो मुटु फेरी जलाउनु छैन
यो छातीपनी डढाऊनु छैन
त्यसैले मित्र
मायाको झटारो नहान मलाई
सहने तागत मभित्र छैन ……………………..

आशांक जी,
राम्रो कविता सहित
आशांक जी,
राम्रो कविता सहित मझेरीमा भेट्न पाउँदा खुशी लाग्यो!
यहाँलाई निरन्तरताको शुभ-कामना छ।
गीता थापा
ईजरायल
geeta ji
dhanyabad
geeta ji
dhanyabad tapailai
mero naya prayoglai man paraidinu bhaekoma