Skip to content

कहाँ छौ तिमी ?

तिमी खोज्दै लेकदखि बेशी झरेको छु
सपनी मै सात समुन्द्र, पनि तरेको छु ।

डांडाकाडा भञ्ज्याङ अनि, वन जंगलमा पनि
तिमी खोज्दै रातैभरि, वेपेत्ता परेको छु ।

कैयौ रात तिमी विना एकान्तमा बसी
तिमीलाई सम्झी रातैभर पीउने गरेको छु ।

अपार यो माया प्रेम, कहाँ मेटुँ प्यास
कल्पनाको क्षितिजबाटै आत्मा भरेको छु ।

यो जन्ममा साच्चै भेट, हुन्न रैछ क्यार
विवश भई पलपल यहाँ, जिउँदै मरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *