जिन्दगीको कुनै मोडमा हाम्रो आँखा चार भयो ।
तिम्रो माया मेरा लागि तरवारको धार भयो ॥
जीवनको बाटोभरि तिमीलाई नै पर्खिबसे ।
तिम्रो खबर पाएँ मैले मेरो घरबार भयो ॥
निन्द्रा मै थे अहिलेसम्म झस्कायौ र ब्युँझिएछु ।
झिलीमिली सम्झीरा’थे गाढा अन्धकार थियो ॥
आँसू जति हाँसो सँगै मिसाएर पिइदिन्छु ।
बिर्सिदिन्छु तिम्रो मेरो कहिले कहाँ प्यार थियो
-महेशप्रसाद भट्ट
हालः कुलेश्वर काठमाडौं ।

जीवनको बाटोभरि तिमीलाई नै
जीवनको बाटोभरि तिमीलाई नै पर्खिबसे ।
तिम्रो खबर पाएँ मैले मेरो घरबार भयो ॥
धेरै राम्रो गजल…….मन छोयो मेरो……