गाउँ छोडी निस्ठुरिले बेसी झरे पछी
कस्को मन नरोला र दूरि बढे पछी
जोरि-पारी लागे होलान छुटाउन बैरी पनि
तिमी छैनौ उजाड लाग्छ किन-किन गैरी पनि
घरै छोडि निर्मोहिले डेरा सरे पछी
कस्को मन नरोला र दूरि बढे पछी
पर्खि दिन्छु अझै पनि तिम्रो त्यस्तो छैन भनि
निभे निभोस् एउता शीखा सकिएर मैन पनि
नाता तोडी बौगुनीले माया मारे पछी
कस्को मन नरोला र दूरि बढे पछी
गाउँ छोडी निस्ठुरिले बेशी झरे पछी
कस्को मन नरोला र दूरि बढे पछी
योर्क,बेलायत
९ जुलाई २००९
bp122@york.ac.uk; bp.aalok@gmail.com
