सँगै हिडु जस्तो लाथ्यो तिम्ले यात्रा मोडेउ
शिखर चडेउ फेदी हेर तिम्ले केही छोडेउ
बोल्न गार्हो भएपनि एसो मुस्कुराउहै
बिपनीमा यस्तै भयो सपनीमा आउहै
पर्खाईको तिर्खा के हो पर्खनेलाई थाहा छ
तिमी पुगेउ शिखर माथि म नै पुगे भाछ
सँगै बोलू जस्तो लाथ्यो तिम्ले बाटो काटेउ
एसो आफ्नै मन लाई सोध तिम्ले कस्लाई ढाटेउ
म त केवल शिखा न हुँ येसै जली दिन्छु
अरु चाह केही छैन माया गरी दिन्छु
जल्नूमानी छुत्टै मिठास शिखालाइनै थाहा छ
तिम्ले पायेउ उज्यालोपन मैले पाये भा छ
सँगै हासौ जस्तो लाग्थ्यो तिम्ले बाचा तोडेउ
टाढै पुगेउ फर्कीहेर तिम्ले केही छोडेउ
मूनाल रेस्टुराँ, बेशिशहर, लम्जुङ
२८ पौष २०५९
bp122@york.ac.uk; bp.aalok@gmail.com
