मलाई मेरो भन्दा, तिम्रो माया लाग्छ
जिन्दगी यो दुइदिने, घाम छायाँ लाग्छ
सुस्केराको आवाजसँगै, झस्किएछु म त
जताततै जुनेलीमा तिम्रो सायाँ लाग्छ
अत्तालिन्छु म आफै, छाम छुम पार्छु
कैले तिमी दाया जस्तो, कैले वायाँ लाग्छ
निश्पट्ट यो अन्धकारको सून्यतामा माया
विवशको आत्मा भित्र तिम्रै काया लाग्छ ।
