एउटै भेट तिमीसँग जिन्दगीलाई काफी भयो
अब गल्ती नगरहै एक चोटिलाई माफि भयो !
पहिलो भेटमै लेखा-जोखा ! काट्न थालेऊ कुरा मेरा
अरुलाई जोख्छेउ किन? आफू गयी ऐना हेर
आजै देखी तिम्रो मेरो बिचको सीमा नापी भयो
अब गल्ती नगरहै एक चोटिलाई माफि भयो !
एउटै भेट तिमीसँग जिन्दगीलाई काफी भयो
अब गल्ती नगरहै एक चोटिलाई माफि भयो !
ठिकै छ नि खेलिएछ बिना रिनको एउटा जूवा
समकातम आखिरीमा उडी गयो एउटा भूवा
न सम गयो, न ब्याज लाग्यो हिसाब-किताब साफी भयो
अब गल्ती नगरहै एक चोटिलाई माफि भयो !
एउटै भेट तिमीसँग जिन्दगीलाई काफी भयो
अब गल्ती नगरहै एक चोटिलाई माफि भयो !
योर्क, बेलायत
१० जुलाई २००९
bp122@york.ac.uk; bp.aalok@gmail.com
