पोखराको माछापुच्छ्रे हाँस्ला जस्तो छ ।
फेवातालको आगनीमा नाँच्ला जस्तो छ ।।
पृथ्वीको गर्भ भित्रै, लुक्दै बग्छिन सेती
पोखरालाई हेर्नुपर्छ सरङकोट देखि ।
डेविज फल छङछङ गर्दै तल खसेकिछिन्
अन्नपूर्ण हिमाल हेर्न वास बसेकिछिन् ।
महेन्द्रगुफा उत्तरमा दक्षिण महेश्वर
सधै सजाउ पोखरालाई हरे परमेश्वर ।
धम्पुस, सिक्सेल रूपा बेगनास यी हुन घुम्ने ठाँउ,
पोखराको माधुर्यता हेर्न सबै जाउ ।
पोखराको माछापुच्छ्रे हाँस्ला जस्तो छ ।
फेवातालको आगनीमा नाँच्ला जस्तो छ ।।
