हिड्दा हिड्दै माया बस्यो थाहै भएन
सुटुक्क नै यो मन उड्यो थाहै भएन
तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो
कहिले हाम्रो आँखा जुध्यो थाहै भएन
कताकति कहिले काँही हेराहेर त भाथ्यो
यती चाडै मुटु सट्यो थाहै भएन
मैले हेर्दा लजाउदै आखा झुकाउथ्यौ
त्यै बानी नै राम्रो लाग्यो थाहै भएन
पहिलो पटक माया पोखें भिज्यो मझेरी
मझेरी मै प्रिती साट्यौं थाहै भएन
संगै घुम्यौ खोला नाला पुग्यौं देउराली
देविथानको कसम खायौं थाहै भएन
मिल्ने भए रोकिदिन्थें समयलाई त्यति खेरै
पत्तै नपाई यौवन कट्यो थाहै भएन

आसंका जी, तपाइको गज़ल राम्रो
आसंका जी, तपाइको गज़ल राम्रो लाग्यो
फेरी अर्को पल्ट पनि येस्तई गज़ल लेख्दै जानु होला
मिल्ने भए रोकिदिन्थें समयलाई त्यति खेरै
पत्तै नपाई यौवन कट्यो थाहै भए
NICE WORDS,,,,!
BANTAWA “MRIDU”
thank you mina ji
thank you mina ji tapailai
mero prayas lai hausala dinu vayakoma
comment
BUT ,
Lag6 malai yo gajal hoina Bcoz, gajal kaa Niyamharu bhanga bhayakaa 6na.. kripaya gajal ko gahan adhyayan jaruri 6 .
i too like
hello sir i also like gazal very and also write i lioke gazal very very much