Skip to content

हजार छन् रे तिम्लाई कुर्ने


हजार छन् रे तिम्लाई कुर्ने यस्तै हल्ला सुनेँ आज
सुखद बनोस् तिम्रो जीवन मैले अन्तै चुनेँ आज

प्रेम एउटा खेल भन्छन् सच्चा मनको हार हुन्छ
तिमीबाट फाटेको मन जतनसाथ तुनेँ आज

तिम्लाई मेरै बनाउन सैएँउसँग लड्दिन भो
तिमीसम्म पुग्ने बाटो म आफैले थुनेँ आज

उल्लासमा रम्ने मोह जितेर छैन मलाई
हारको ‘नि जीवन रै’छ स्वप्निल याद बुनेँ आज

मैले गर्ने हर कामना अर्थहिन थियो तिम्लाई
छरिएका सौगातहरू फेरि टिपी उनेँ आज

निर्मला थापा,

7 thoughts on “हजार छन् रे तिम्लाई कुर्ने”

  1. निर्मला जि !
    गजल धेरै राम्रो

    निर्मला जि !

    गजल धेरै राम्रो लाग्यो । मझेरी मा आइरहनु होला ।

    चन्द्रयात्री

  2. गजल धेरै राम्रो लाग्यो
    गजल धेरै राम्रो लाग्यो निर्मला जि……..

    मैले गर्ने हर कामना अर्थहिन थियो तिम्लाई
    छरिएका सौगातहरु फेरी टिपी उनेँ आज

    wao………

  3. निर्मलाजी गजलमा यथार्थता
    निर्मलाजी गजलमा यथार्थता छरपस्ट देखियो, उत्कृष्ट..!

    हजार छन् रे तिम्लाई कुर्ने यस्तै हल्ला सुनेँ आज
    सुखद बनोस् तिम्रो जीवन मैले अन्तै चुनेँ आज

  4. नेपोलियन जि, चन्द्र जि, मनोज
    नेपोलियन जि, चन्द्र जि, मनोज जि, अनि अनुभब जि,
    यँहाहरु सबैलाई प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद!

    यँहाहरुको साथ सदैब मिलिरहोस् ।

    निर्मला थापा,

Leave a Reply to Nirmala Cancel reply

Your email address will not be published. Required fields are marked *