Skip to content

नहिडेको गोरेटोमा हिडूं हिडूं लाग्यो
आज किन नयाँ कुरा छेंडूं छेडूं लाग्यो

तिमीलाई देखे देखि भोक अनि निन्द्रा छैन
तिम्रै साथ तिम्रै छाँया बनू बनू लाग्यो

खुसि हुन्छु तिमि देख्दा हराउँछु तिमि भित्रै
तिमीलाई संगै लिई उडूँ उडूँ लाग्यो

कुनै दिन नदेखेमा तिम्रो मुहार एक फेर
बरालिन्छ मेरो मन कुदूं कुदूं लाग्यो

गाजलु ति नयनहरु तलाऊ झैं शान्त देखें
तिनै सुन्दर नयन भित्र डूबूं डूबूं लाग्यो

भन्छन हाम्रो मिल्दैन रे जात अनि परम्परा
नमानेको परम्परा मानूं मानूं लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *