Skip to content


मिलेर संयोग भलो जुरेको
रहेछ माया ममता खिलेको ।
भेटाउँदा जीवन साथ तिम्रो
सँगै बिताए अझ धेर राम्रो ॥

बनी बिरानो कति गर्नु माया
सोचेर मीठो ल पुर्याउ काया ।
भयौ निरासी किन आज नारी
सँगै बनाऊ नव बास प्यारी ॥

थिएन बेला बल गर्न पर्ने
हुदैन भन्थे रति-राग मार्नै ।
म साथ पाऊँ र प्रभात ल्याऊँ
दुवै मिलेरै सँगमा रमाऊँ ॥

उडेर आई बस काख आजै
चलाउनै यो बुझ राज्य आफ्नै ।
ल आउ प्यारी अब साथ देऊ
चुमेर भित्री मुटुमा सजाऊ ॥

घुमेर हेर्दै रतिको समाज
नभुल्नु राम्रो किन भन्नु आज ।
बुझेर सारा मनको उमङ्ग
हुँदैन राम्रो अब छोड भन्दा ॥

हुदैन राम्रो कहिल्यै नभन्नु
दुखी म आफैँ छु तिमी नबन्नु ।
स्विकार प्रेमी भइगो चिनारी
मिटाउ तृष्णा बहुतै बिचारी ॥

गोर्खे साइँलो
विशालमार्ग नारायणगढ चितवन ।

उपेन्द्रवज्रा छन्द ११ अक्षर ५ र ६ मा विराम
।ऽ॥ऽऽ…ऽ॥ऽ।ऽ जतजगुगु

2 thoughts on “अनय-विनय”

  1. Kabita ramro chha,
    tara

    Kabita ramro chha,
    tara pahilo slok ko tesro haraf ra dosro slok ko dosro haraf ma chhandako niyam milena ki jasto lagyo…

  2. ani ramro lagyo
    hajurko

    ani ramro lagyo
    hajurko kabita

    waooo………..
    उडेर आई बस काख आजै
    चलाउनै यो बुझ राज्य आफ्नै ।
    ल आउ प्यारी अब साथ देऊ
    चुमेर भित्री मुटुमा सजाऊ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *