Skip to content
RishiKeshab


लाटा छन् जनता यहाँ छ सजिलो नेता हुनै बेस छ
बाँडे भाषण पुग्छ दब्छ जनता कङ्गाल यो देश छ ।
लेठा के लिनु कामको हरघडी भर्दैन पेटै भने
फाटो पर्नु बरु सुधा स्वजनमा बन्नै छ नेता भने ॥

मान्छे हुन् हुनता गरीब बिचरा के मान तिन्को छ र
कुर्सीमा रहने छ ठालु चतुरे को खोस्न नै सक्छ र?
खोसेरै मत ती गरिबहरुको सत्ता लिनै पर्दछ
वाचा-बन्धन जो थिए गरिबमा लत्त्याउनै पर्दछ ॥

ब्यापारी सब दब्दछन् धन दिई गर्छन सधैँ चाकडी
गर्नै पर्दछ काम फत्ते उनको हो स्वार्थ नै आखिरी ।
चिल्लो सेवक ठालुको जति बन्यो पाइन्छ मेवा पुरा
मारे हुन्छ गरीब दाश जनता को सुन्छ तिन्का कुरा ॥

नेताकै वशमा छ देश दुनियाँ ती बुद्धिजीवीहरु
उन्कै अड्कलमा छ जन्म-मरणै हानी र नाफाहरु ।
नेता बन्नु छ बन्नु नै यदि भने बारी कहाँ खन्नु खै
जस्ता छौ त्यसमै तथास्तु जनता मेरो छ के भन्नु खै ॥

शार्दूल विक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर ऽऽऽ…ऽ॥ऽ…।ऽ।ऽऽ॥ऽऽ॥ऽ १२।७ मा विराम
– ऋषिकेशव भारद्वाज

1 thought on “मेरो छ भन्नु खै !”

  1. ऋषिजी,
    कविताले अहिलेको

    ऋषिजी,

    कविताले अहिलेको वास्तविकता धेरै झल्काएको छ। यस मानेमा ‘साहित्य समाजको दर्पण हो’ भन्ने उक्तिलाई यस कविताले चरितार्थ गरेको पनि छ। किन्तु, यस विषयमा हिजोआज असंख्य लेख रचनाहरूमा पढ्न पाइन्छ। सायद ‘फेरि उही नेता गाली गर्ने रचना’ को अर्थमा पाठकलाई गहिरिएर सोच्न बाध्य भने पार्दैन जस्तो लाग्छ।

    तपाईं छन्दमा पोख्त हुनुहुँदो रहेछ। मिठो लयमा मिठा विषयका सकारात्मक कुराहरू पनि पढ्न पाए झन वेस हुने थियो कि!

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *