Skip to content

फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन
मनभरि तनभरि शीतमाथि घाम सरी
फुल्न खोज्छ मेरो चाहना

हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप
बात मार्न मन लाग्छ एकान्तमा आफैंसित
किन यस्तो हुन्छ भनन
बादलमा उड्छ यो मन

परेलीको वरिपरि छायाँ खेल्छ घरिघरि
रंग चल्छ कोही मेरो जोवनमा सरिबरि
किन हुन्छ यस्तो भनन
यस्तै हुने हो कि मेरो जोवन

शब्द – दिनेश अधिकारी
स्वर – साधना सरगम
संगीत – शक्ति बल्लभ
चलचित्र – पृथिवी

Leave a Reply

Your email address will not be published. Required fields are marked *