Skip to content

तिम्रो प्रेम वियोगमा


मुटुभित्र सानो घाऊ बनेछ तिम्रो प्रेम बियोगमा
हाँस्दा हाँस्दै रुनु पर्यो बाटो फेरियो जीवनको मोडमा
तिम्रो लागि सबै छोडे सबै नाता तोडे

आज म एक्लो पंक्षी गुँड भयो ढल्न लागेको बोटमा
न त फेरि पलाए नयाँ पालुवा न त फुले फूलहरु नै
पिडाको सागरमा डुबी मलम लाउँदैछु तिमीले दिएको चोटमा

दिन बित्यो चिन्तामा रात बित्यो तातो आँसु बगाएर
भुल्न सकिन छरिएको मिठो मुस्कान तिम्रो ओठमा

जसरी आयौ त्यसरी नै गयौ मेरो जीबनमा हुरी बतास झै
पर्खी बसेको छु आज पनि सगै जिउने कसम खाएको पिपलको बोटमा

3 thoughts on “तिम्रो प्रेम वियोगमा”

  1. ईन्द्रजी,
    रचनाको शिर्षक र

    ईन्द्रजी,

    रचनाको शिर्षक र लेखकको नाम नेपालीमा लेख्नुहोस्। अनि, विधा उपयुक्त छ कि छैन बिचार गरेर छान्नुहोस्। मझेरीका नियमहरू यता पढ्नुहोला।
    https://www.majheri.com/node/2448

    आगामी दिनमा पनि तपाईंको सक्रियताको आशा गर्दै!

  2. indraji, tkaiko rchnalai git
    indraji, tkaiko rchnalai git wa vabna vanna ;akinchha. tapaile GAZAL [git] shirsak rakhnuvykochha, yo ali mel khayna ki ? kinvane samrachana vitra npareka rachanalai kunai halatma pani GAZAL vanna sakidaina. sujhab arthat commentle garda dukha nmannuhola.

    gorkhesailo, nepal

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *