Skip to content

खुशी थिएँ उनले मलाई माया गर्न थालेपछि


1
खुशी थिएँ उनले मलाई माया गर्न थाले पछि
सबले सोध्छन के भो तलाई? दाह्री जुङ्गा पालेपछि
आफ्नै ठानी माया गरे निस्ठुरी त जाली रैछ
नपालेर के गर्नु खै उनले इज्जत फालेपछि

2
जब जब हाँस्थिन उनी अप्सरा झैं लाग्थिन
तिम्रो माया देउ भनी सधैं सधैं माग्थिन
दिएकै त छु नि माया भनी मैले भनेपछि
फर्की फार्की मलाई हेर्दै घरतिर पो भाग्थिन

3

जुन् माया अमर ठान्थें, त्यही माया मारेर गइन
हाम्रो माया मर्यो भनी एक छाक खाना बारेर गइन
अर्कैसँग हिड्दी रैछिन् बल्ल आज भेटे मैले
राति सँगै हुन्नौ भनी दिउसै रात पारेर गइन

4

एकान्तमा बसी बसी थुप्रै प्रेमी गन्दी रैछ्यौ
अरुसँग घुम्दा भने पवित्र झैं बन्दी रैछ्यौ
मलाई भने भन्थ्यौ सधैं तिमी मात्र प्रेमी मेरो
अरुलाई पनि मलाई जस्तै तिमी मात्र भन्दी रैछ्यौ

1 thought on “खुशी थिएँ उनले मलाई माया गर्न थालेपछि”

  1. अनुरागीको सम्झना
    पल पलमा

    अनुरागीको सम्झना
    पल पलमा चुँडिने डोरीलार्इ कति पटक पो गाँस्न सक्छु र,
    बन्धकी राखेको खुसीहरू कति दिन पो हास्न सक्छु र,
    तिमी थीयो र त मैले पनि सबै दुख सुख सम्झी साँचेको थिए,
    तिम्रो अभाबमा ती सम्झनाहरू कुन पसलमा पो मास्न सक्छु र,
    अ।यो तिमी गयो तिमी पागल मलार्इ बनार्इ
    तै पनि तिमीलार्इ म कसरी पो भुल्न सक्छु र।।।
    इन्द्र बहादुर तमाङ्र, सिन्धुपाल्चोक,
    कदमबास ६ सिरानचउर मानेडाडा

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *