Skip to content

कहाँ बन्छ देश ?

कहाँ बन्छ देश ? नेता कंश भएपछी
शताब्दी नै लाग्न सक्छ बिध्वंश भएपछी ।

भिखारीको भेष भित्र शिकारीको रुप,
कस्ले बुझ्ने ब्वाँसोरुपी हंस भएपछी ।

युग बितिसक्यो तर सुध्रिएनन् कोही
के लाग्छ र ? राक्षसको बंश भएपछी ।

खाए खाओस् राखे राखोस् सकिँदैन अब,
ढुकुटी नै त्यस्को बाउको अंश भएपछी ।

2 thoughts on “कहाँ बन्छ देश ?”

  1. धन्यवाद् नेपोलियन जि! तपाईका
    धन्यवाद् नेपोलियन जि! तपाईका यी गजलका शब्दहरुमा नेपाल र नेपाली जन्ताको सचित्रण वरण गरिएका छन्| र नेपोलिएन जी वास्तवमा यो सत्य पनी छ किनकी देश आज सम्म पनी अबिकसितको दिशा र्तिरै धकेल्लिरहेको अवस्था छ जहाँ यस्तै कंश बिधोंश दानव रुपी हंस र राक्षसहरुको वंशलेनै गर्दा नेपालको स्तीथी बिग्रिदै गएको हो| तर एन पी जी हामीहरुले खाएखाओस् होईनकी खानेहरुको बिरुद्द लद्नुपर्छ| गजलको लागी धन्यवाद्!
    गणेश थापा “सलामी”
    खड्गकोट-6 लेङ्गा
    गुल्मी नेपाल,
    हाल बैङ्गलोर,
    भारत.

  2. Ramro lagyo
    huna pani

    Ramro lagyo
    huna pani yethartha chharpasta lekhidinu bho..

    खाए खाओस् राखे राखोस् सकिँदैन अब,
    ढुकुटी नै त्यस्को बाउको अंश भएपछी । ha ha……..

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *