Skip to content

झुट हो त्यो……………

झुट हो त्यो, झगडाको बात कुनै छैन त्यस्तो,
उन्को यादमा नकाटेको रात कुनै छैन त्यस्तो ।

जति चुम्बन् गरेपनि होसमा नै हुन्थ्यौं हामी,
बेहोशीमा मात्तिएको मात कुनै छैन त्यस्तो ।

खुशी साथ स्विकार्थिन, मैले जे जे दिएपनि,
उन्लाई मन् नपरेको सौगात् कुनै छैन त्यस्तो ।

मुटुको त कुरै छोड, बगैंचामा गई हेर,
उन्को नाम नलेखेको पात कुनै छैन त्यस्तो ।

तर पनि दुनियाँले हल्ला पिट्यो बिछोडको,
हाम्रो बिछोड् गराउने हात कुनै छैन त्यस्तो ।

झुट हो त्यो, झगडाको बात कुनै छैन त्यस्तो,
उन्को यादमा नकाटेको रात कुनै छैन त्यस्तो ।

1 thought on “झुट हो त्यो……………”

  1. नेपोलियन जी गजल राम्रो लाग्यो
    नेपोलियन जी गजल राम्रो लाग्यो गहकिलो छ ……….!!!!
    मलाइ थाहा छ हजुरका गजल हरुले सबैको मन छुन्छ मेरोपनि त्येस्तै भयो
    सफलताको लागी सुभकामना छ

    झुट हो त्यो, झगडाको बात कुनै छैन त्यस्तो,
    उन्को यादमा नकाटेको रात कुनै छैन त्यस्तो ।

    यो शेर राम्रो लाग्यो रोमान्टिक लाग्यो

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *