Skip to content

करोडौंमा एक….

करोडौंमा एक छानेर आउँछु
तिम्लाई नै आफ्नो ठानेर आउँछु ।

अब तिम्रो बचन् काट्दिन कहिल्यै
हर बाचाहरु मानेर आउँछु ।

हाम्रो प्रेम भित्र ‘धोका’ शब्द हुन्न
यही मन्को सत्य जानेर आउँछु ।

नभेटी तिम्लाई कहाँ मर्छु र म ?
जसरी’नी प्राण धानेर आउँछु ।

न चुक्छु न झुक्छु, हेर यसपाली
निशानामै बाण हानेर आउँछु ।

2 thoughts on “करोडौंमा एक….”

  1. Ramro lagyo gajal
    नभेटी

    Ramro lagyo gajal

    नभेटी तिम्लाई कहाँ मर्छु र म ?
    जसरी’नी प्राण धानेर आउँछु ।

  2. नेपोलियन जि,
    यहाँको हर गजल

    नेपोलियन जि,
    यहाँको हर गजल उत्कृस्ट लाग्छ,

    यो पालि पनि एकदमै राम्रो गजल लेख्नुभयो,

    निरन्तरताको लागि शुभकामना।

    निर्मला थापा,

Leave a Reply to Nirmala Cancel reply

Your email address will not be published. Required fields are marked *