तिम्रै भयो तनमन मागे तिमीले खुन दिउँला
रात परे अँध्यारोमा आकाशको जून दिउँला
उजाड यो दुखी दिल त्यो दिलमा तुनिदिए
छर्रो पीरो मात्रै हैन तिम्रो लागि नुन दिउँला
एकान्तमा रोइबस्ताको पीर व्यथा सुनिदिए
तिमीलाई सारैमीको बाँसुरीको धून दिउँला
सयपत्री फूलको माला हाँसीखुसी उनिदिए
चाहे जति तिमीलाई हीरामोती सुन दिउँला
