Skip to content


कस्तो फूल तिमी फुलेर कहिल्यै झर्दै नझर्ने भयौ
कस्तो मूल तिमी फुटेर जगमा साँच्चै नमर्ने भयौ ।

तिम्रो शिल्प बन्यो विराट प्रतिभा आलोक छर्दै यहाँ
तिम्रा शब्द बने सुमार्ग सबमा सन्देश छर्दै यहाँ ।

विधा लाख दियो लिई कलमले संसार पोती दियौ
जल्दै रात दिनै दियो-कलश झैँ हाँसेर ज्योति दियौ ।

शब्दै दृष्य बन्यो, बन्यो विविधता सिंगो महासागर
जसको जीवन नै अनन्त छरियो संज्ञानमा उर्बर ।

लेख्दै काव्य-सुधार रचेर रचना थाकेन जो क्यै गरी
थप्दै रंगथरी विशाल नभमा आजन्म जीवनभरि ।

गर्छौँ भक्ति सदा पवित्र दिनमा अर्पेर पुष्पाञ्जली
आत्मा शान्त रहोस् महाकवि सधैँ हाम्रो छ श्रद्धाञ्जली ।

बलिया-८, भुरुवा-कैलाली
हालः त्रि. वि. कीर्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *