Skip to content

तिमी भन्थ्यौ सधैं


तिमी भन्थ्यौ सधैं तिमीलाई अङ्गालोमै बेरी बसम
बिर्सिएर सारा संसार तिमीलाई नै हेरी बसम

म त भन्थेँ माया मात्र प्रयाप्तता छैन बाँच्न
तिमी सोच्थ्यौ हरेक पल तिमीलाई नै घेरी बसम

सधैं हुन्थ्यो भेट हाम्रो पोख्थेँ कुरा त्यसै बेला
तिमी सोच्थ्यौ सधैं सधैं पत्रको खात केरी बसम

कहिले तारा झार भन्थ्यौ कहिले जून टिपी ल्याउ
तिमी सोच्थ्यौ जे जे भन्थ्यौ सधैं तिमीलाई टेरी बसम

निर्मला थापा

4 thoughts on “तिमी भन्थ्यौ सधैं”

  1. निर्मला जी,रचना राम्रै
    निर्मला जी,रचना राम्रै छ।गुनासो पोख्न सजिलो हुन्छ भन्छन् हो क्यार एकै खालका धेरै शब्दहरु दोहोर्याउनु भएछ भन्न मलाई गार्हो नै भएन।समग्रमा भन्नु पर्दा मनको बह पोख्नु नै साहित्य हो र यो यात्रामा तपाईको कलम अनि कदमहरु अगि बढि नै रहनु पर्छ।
    धन्यबाद सृजना पस्किदिनुभाकोमा
    ईन्द्र कुमार सुनुवार

  2. Nirmala ji gajal ramro lekhnu
    Nirmala ji gajal ramro lekhnu bhye6 man6oyo
    indra ji le bhne jasto धेरै शब्दहरु दोहोर्याउनु भएछ
    feripani subhakamana chha

  3. माया प्रेममा भर्खरै चुर्लुम्म
    माया प्रेममा भर्खरै चुर्लुम्म डुब्दा आउने प्रेमिप्रेमिकाको भावनालाई राम्रोसँग उतार्नुभएछ।
    यहाँ हामी सबैले देखेको कुरा शब्दहरु दोहरिएकै हुन शब्दहरु धेरै दोहरिनाले कहिले काही गजलको मर्म भन्दा शब्द तिर ध्यान बढी जान्छ।

    आगामी दिनमा सुधार गर्नुहुनेछ भन्ने आशा राख्दछु।

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *