भन्थेऊ दुई मुटु एउटै हो
नमरे सम्म तिम्रै पेवा जस्तै
तिमी त बद्लेछौ थाहै नपाई
मेरो मुटु अनि म त छु उस्तै
साथ दिन्छु भन्ने तिम्रो बाचा
आधा बाटो नपुग्दै बिर्सिदियौ
प्रतिक्षामा तिमीलाई कुरी बसे
मसम्म आइनपुग्दै अन्तै मोडिदियौ
तिमीलाई देख्छु चिम्ले आखा पनि
मनै रमाउथ्यो तिम्रो कुरा सुनेपछि
मलाई रुवाएर तिमी हास्न सकेनौ
प्राप्ती के पायौ मेरो साथ छोडेपछी ?
चुडेऊ फूल फेरी नजोडिनेगरि
धमिरा लायौ कलीलो हागामा
छुटे पनि सम्झना गहिरो हुन्छ
जूनी भर लाको साचो मायामा

kabita ramro lekhnu vaye6
kabita ramro lekhnu vaye6
धन्यबाद प्रतिकृयाको लागी
सायद
धन्यबाद प्रतिकृयाको लागी
सायद मेरो कबिता भन्दा पनि तपाईंको बुझ्ने सैली राम्रो हो कि!
जे होस मलाई अझ हौसला मिलेको छ ।
ईन्द्र