Skip to content

तिमीलाई जब देख्छु म यस्तो मलाई लाग्छ
कहिले पनि नओइलिने एउटा कमल फुलेछ

हुन त आकाश चारैतिर निहुरेकै हो
लाग्छ त्यो अभिनय धरती चुम्न हो
जीवनको अँध्यारोमा एकै छिन तिमी हाँस्ता
साउने झरीमा पनि एउटा आकाश खुलेछ

फूलको पात देख्छु म तिम्रै अधर हो
पातमा टल्केको शीत तिम्रै नजर हो
अंगालोमा बाँधिएर तिम्रो धड्कन सुन्दा
उराठ मनको मझेरीमा एउटा आशा खुलेछ

शब्द- वसन्त कुमार चौधरी
स्वर- सत्यराज आचार्य
संगीत- न्हू बज्राचार्य
गीति एल्बम – (द रिफ्लेक्सन अफ लभ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *