Skip to content

मेरो प्यारो मान्छे तिमी एक्लै नजाऊ न
जाने भए मलाई पनि साथै लैजाऊ न

जब तिमी नजिकिन्छौ मेरो वैंश खुल्छ
मुस्कुराउँदै हेरिंदिंदा मनको दैलो खुल्छ
एक्लै अब भीडबाट नहराइदेऊ न
जाने भए मलाई पनि साथै लैजाऊ न

तिम्रो खुसीसँग मेरो जूनतारा हाँस्छ
तिम्रैबिचमै त मेरो धरती आकास बाँच्छ
यही छातीको चौतारीमा सुस्ताउन देऊ न
जाने भए मलाई पनि साथै लैजाऊ न

शब्द- वसन्त कुमार चौधरी
स्वर- सिने गुरुङ
संगीत- न्हू बज्राचार्य
गीति एल्बम – (द रिफ्लेक्सन अफ लभ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *