Skip to content

दिलखोलेर भने हजूर

दिलखोलेर भने हजूर चोखो माया हजूरलाई नै गरेकीछु
साचो-साचो धरोधर्म हजूरसँग झुट् कहिले बोलेकीछु

आउँदा जादाँ पस्नु होला हजूर बाटो कुरी बसी दिन्छु
चाहिदैन केही हजूर मुखै मात्र हेर्न पाए मत धन्य हुन्छु

माग्दिन सुनै सुनको भारी हजूर मत पित्तलमा नि खुल्छु
साचो-साचो धरोधर्म हजूर हजूरसँग केलाई झुट् पो बोल्छु

विश्वाश भए पुग्छ हजूर बिछोड्मा नि बाँच्न सक्छु
सपनीमा भएपनी हजूरलाई सम्झेर जूनी काट्नसक्छु

हजूरलाई खुशी मिलोस देबताको पूजागरी मागी दिन्छु
चिन्ता केलाई हजूर मत धर्ती जेसुकै नि झेल्न सक्छु

गीता थापा (दोषी)
ईजरायल

5 thoughts on “दिलखोलेर भने हजूर”

  1. Dear Geeta G
    Really ur

    Dear Geeta G
    Really ur feelings is so great in this article!
    I also always emphasis,”Love is combination of two holy souls but not two bodies.”
    That’s y even in separation there is root of never ending love.
    Keep ur effort up and keep on composing………….ur beautiful creations.
    Best of luck.God bless u for today n onwards.
    Kind regard
    Indra

  2. Ramro lagyo geeta ji mitho
    Ramro lagyo geeta ji mitho lagyo ani mankholera boleko6 kabita………………

    आउँदा जादाँ पस्नु होला हजूर बाटो कुरी बसी दिन्छु
    चाहिदैन केही हजूर मुखै मात्र हेर्न पाए मत धन्य हुन्छु

    1. धन्यबाद मनोज जी, र ईन्द्र जी
      धन्यबाद मनोज जी, र ईन्द्र जी यहाँहरु दुबैलाई
      कमेन्ट्को लागि
      गीता थापा
      इजरायल

      1. यो २००९ को बडा दसै अनि
        यो २००९ को बडा दसै अनि तिहारको पवन अव्सार्मा सम्पूर्ण देश बिदेस्मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा हार्दिक मंगल म्य शुभ कामना मचिन राई माल्दिभ्स ।

    2. उल्लेखित कवितामा म अर्थात
      उल्लेखित कवितामा म अर्थात “नारी” त्यसैले एउटी स्वाभिमानी नारीको सचित्र वरण आज गिताजीको कविताले उल्लेख गरेकोछ| नारी बाह्यरुपमा जति कठोर देखिन्छन् त्यसको दोब्बर कोमल अनि शान्तिपनि हुन्छन्| नारी आखिर सुःखमा मात्र होईन दुःख पिर बिछोड र पर्खाईमा पनी सहजै जिउन सक्छन् होईन त गिता जी? त्यसैले सुन्दर ति कविताका पंक्तिहरु,प्रत्यक्ष भाव झल्किने शब्दका हरफहरु अनी मिठास् तपाईको वास्तविक चाहना प्रती म हार्दिक आभार प्रकट गर्दछु ल !
      गणेश थापा “सलामी”
      ganesh_sm60@yahoo.com

    Leave a Reply to indrakumar Cancel reply

    Your email address will not be published. Required fields are marked *