Skip to content

बन्धकीमा हाँसेको छु

बिरानो यो मुलुकमा बन्धकीमा हाँसेको छु
हाँसो खुसी आँसु पीडा लिलाममा राखेको छु ,
 
फर्की आउँछु उकासेर थैलो साहुलाई बुझाइकन
सकेसम्म लिलाम पनि निफन्ने सोच राखेको छु ,
 
तिम्रो मेरो साथ पनि अबाफ पो हुने हो कि
तिमी हिंड असल बाटो मैले त्यही सोच राखेको छु ,
 
लाला बाला हुर्काउनु असल मार्ग देखेर
तिनीहरूलाई महान बनाउने सपना असल राखेको छु

लखनपुर ३, झापा, नेपाल
हाल बहराइन

2 thoughts on “बन्धकीमा हाँसेको छु”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *