Skip to content

जवानी त्यो ढल्न सक्छ

बैँशालु त्यो उमेरमा, तातो हावा चल्न सक्छ
मात धेरै चड्यो भने, जवानी त्यो ढल्न सक्छ।
 
पुर्णिमाको जूनसँगै, मन्द मन्द हिँडे पनि
सामिप्यमा दुई जोवन, तात्तिएर बल्न सक्छ ।
 
चिसो हुन्छ कहिलेकहीं, बाँधिएको रात पनि
एक्लो मन कहिलेकहिं, आगोसरी जल्न सक्छ।
 
मनै त हो ढुङ्गासरी, जत्तिसुकै बाँधे पनि
चिसो हुन्छ फलाम तर, भट्टी भित्र गल्न सक्छ ।
 
(अमेरिका )

3 thoughts on “जवानी त्यो ढल्न सक्छ”

  1. “मनै त हो ढुङ्गासरी,
    “मनै त हो ढुङ्गासरी, जत्तिसुकै बाँधे पनि
    चिसो हुन्छ फलाम तर, भट्टी भित्र गल्न सक्छ”

    वाह केशव जि गजल राम्रोछ सिधै नभने पनि भन्न खोजेको कुरा पाठकले राम्ररी बुझ्दछन यस्तै यस्तै रचनाले नेपाली साहित्य भण्डार भर्दै हर्नुहोला हामीले रास स्वादन गर्न पाइरह्न्छौ । प्रगतिको शुभ-कामना

    विमल गौतम्
    मोरङ्
    हाल साउदी अरेबिया
    bimalgautam2000@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *