Skip to content

वैसले ठगेको मान्छे म …….

सजिलै सहर पसेर
रहर बेचेको मान्छे म
चिन्दा नचिन्दै आफैलाई
बेच्न पुगेको म
हेर्दा हेर्दै जुनतारा
दिन ढले को मान्छे म
खै कसरि परिभाषा दिउ आफैलाई
वैसले ठगेको मान्छे म
निहारिका संगै
नियति डुबेको इतिहास
न आश न बनबास
तिम्रो क्यन्भाशमा न कोरिदै बिक्रि लागेको
निरिह आकृति म
खै कसरि परिभाषा दिउ
वैसमा वैसले ठगेको मान्छे म
हेर्दा हेर्दै जुनतारा
दिन ढले को मान्छे म .

2 thoughts on “वैसले ठगेको मान्छे म …….”

  1. बैंशले ठग्दो रहेछ मित्र यस्तै
    बैंशले ठग्दो रहेछ मित्र यस्तै हो मन बुझाउन लेख्नै प र्छ बिन्दास, शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *