जति दूर भए पनि मेरै समीप सर्छ गजल
झर्न नदिई आँसुहरू भित्रैबाट हर्छ गजल
दुनियाँले लत्याएको मेरो चोखो मायालाई
उसको सुन्दर संसारभित्र भरपेट भर्छ गजल
सानो सानो खोली आउँदा आफ्नाले छाडे पनि
हर सागर मैसँग चुपचाप तर्छ गजल
छि: छि: भन्दै कुल्चिएर हरेकले थुक्दा पनि
चुम्दै कोमल स्पर्शले हर अंग चर्छ गजल
भेटेजति सहयात्रीभन्दा धेरै भिन्न छ ऊ
घात गर्न जान्दैन बरु आफै मर्छ गजल

Rama ji gajal utkrista
Rama ji gajal utkrista lagyo…….
hello
hi rama g gazal sarai man paryo ani atit ko mitho samjhana aayo i like it