Skip to content

निभेको आगो ताप्न नजाऊ

निभेको आगो ताप्न नजाऊ
पर्दैन नाक राख़्न नजाऊ ।

आफ्नो लाज देखाई देखाई
अर्काको इज्जत् ढ़ाक्न नजाऊ ।

घॉटी हेरि हाड निल्नु भन्छन्
बिशाल हड्डी ताक्न नजाऊ ।

ऋणको भार सानै लगाउ
गुहार्दै बैरी डाक्न नजाऊ ।

अनि कुनै भ्रष्टचारी संग
दशैको टीको थाप्न नजाऊ ।

3 thoughts on “निभेको आगो ताप्न नजाऊ”

  1. मरहट्टा जी आडम्बरी नेपाली
    मरहट्टा जी आडम्बरी नेपाली समाज लाई गजल मार्फत मिठो शब्द र लयमा दिनुभएको उपदेश राम्रो लाग्यो निरन्तरता को लागि शुभकामना

    विमल गौतम
    साउदी अरेबिया

  2. harek gajal ka sher haru ani
    harek gajal ka sher haru ani prasansaniya lagyo
    subhakaamana chha sathma
    very HAPPY DASHAIN
    अनि कुनै भ्रष्टचारी संग
    दशैको टीको थाप्न नजाऊ ।
    mapani sahamat chhu

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *