ओशोमा समर्पित:
आकाश जस्तै फराकिलो तिम्रो दर्शन
सागर जस्तै गहिरो तिम्रो दर्शन
धर्ति जस्तै महान तिम्रो दर्शन
मह जस्तै गुलियो तिम्रो दर्शन ।
बाल्यपन जस्तै निर्दोस तिम्रो दर्शन
अमृत जस्तै हितकर तिम्रो दर्शन
प्यास भोक निन्द्रा जस्तै मिठो तिम्रो दर्शन
परमाणु भन्दा सुक्ष्म तर शक्तिशाली तिम्रो दर्शन ।
रबि र कबि भन्दा पर पनि तिम्रो दर्शन
पुर्णिमाको जुन जस्तै निश्चल तिम्रो दर्शन
जलायर नजलने अमर जस्तै तिम्रो दर्शन
भोक प्यास निन्द्रा कामको साथी तिम्रो दर्शन ।
आखाको नानीमा आटाईरहने तिम्रो दर्शन
सबै इन्द्रियहरुले अनुभब गरिरहने तिम्रो दर्शन
अविनाशी ज्ञानको प्रतिमूर्ति तिम्रो दर्शन
जे सोचेर जे खोजे पनि पाइने तिम्रो दर्शन
मेरो लागि खुला आकाश हो तिम्रो दर्शन ।
