Skip to content

रहरै भयो:

रहरै रहरको संसारमा बाच्ने पनि रहरै भयो
एकथोक पाउन कति गुमाइयो त्यो पनि रहरै भयो |

मागे जति दिदै गय पाउन उनीलाई
हरेक पल उनलाई खुशी देख्ने पनि रहरै भयो

राती राती मिसकल दिन्थिन कुन्नि किन हो
अंगालोमा बेरी माया गर्ने पनि रहरै भयो

छोडी उनलाई आउनु पर्यो बिदेशी यो भूमिमा
सबैका महल शहरमा देख्दा एउटा ठडाउने पनि रहरै भयो

फोनमा कति कुरा गर्ने अत्यास मात्र लाग्छ रे
अब उनलाई यतै बोलाउने पनि रहरै भयो

रहरै रहरको संसारमा बाच्ने पनि रहरै भयो
एकथोक पाउन कति गुमाइयो त्यो पनि रहरै भयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *