Skip to content

उ निकै सरिफ थियो

सबै सँग हास्ने बोल्ने उ निकै सरिफ थियो
आफ्नो ब्यथा बुझ्ने सँग सधैं उ करिब थियो

लक्ष्य थिए धेरै उस्का चन्द्र छुने आट पनि
मनले मात्र के गर्नु र धनको उ गरीब थियो

कोही उड्छन आकस मा पजेरो मा गुड्छन कोही
कमाई खाने थोत्रो रिकसा उसको लागि जीप थियो

बुझ्दैन थे गन्दैन थे शहर का युबती ले
एउटी अंमेरिकाने सँग लभ उसको डीप थियो

संघर्स मै दिन बिथ्यो लक्ष्य हुन्थ्यो धेरै टाढा
ईश्वर बाटै ठगियेको उ त अंमर्दिप थियो

के.
अमर दीप.

दुबइ

2 thoughts on “उ निकै सरिफ थियो”

  1. राम्रो लाग्यो तपाईंको गजल
    राम्रो लाग्यो तपाईंको गजल ….

    लक्ष्य थिए धेरै उस्का चन्द्र छुने आट पनि
    मनले मात्र के गर्नु र धनको उ गरीब थियो

    ………………….प्रयास जारी राख्नुहोला

  2. हजुरलाई मुरी मुरी धन्यावाद
    हजुरलाई मुरी मुरी धन्यावाद कमेन्ट ले म फुरुङ भको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *