Skip to content

जवानीमा जादू छ

  • by

तिम्रो कहानीमा  जादू छ
तिम्रो जवानीमा  जादू छ ।

खै ! के मिलाई  घोल्यौ कुन्नी
तिम्रो मिठो पानीमा जादू छ ।

साह्रै मिठा स्वप्ना देख्ने त्यो
न्यानो सिरानीमा जादू छ ।

चर्चा सबैले  गर्दा रै’छन्
खेल्नॆ दिवानीमा जादू छ ।

देख्दै छु तिम्रो रङ्गिन् यात्रा
त्यस्तै कुराकानीमा जादू छ ।

मफ्ऊलु मफ्ऊलुन् मफ्ऊलुन् मफ्ऊलुन्
।ऽऽ॥ऽऽऽ ऽऽऽ  ऽऽऽ रुक्नमा आधारित    
भरतपुर- ४  नारायणगढ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *