बाढी आउँदा जिन्दगीमा, ठुलै भेल तर्नु पर्छ
हिँड्दै जाँदा कहिलेकाँही आँधीभित्र पर्नु पर्छ ।
जीत मात्र कहाँ हुन्छ, खेल खेल्दा सधैंभरि
अन्जानमा चिप्लिइदा, केही तल झर्नु पर्छ ।
झुक्किएर ठेस लाग्छ, समतल बाटो हिँडे पनि
नसोचेको कर्म पनि कहिलेकँहि गर्नु पर्छ ।
जिन्दगीका पलहरू, गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी, हाँसी हाँसी सर्नु पर्छ।
(अमेरिका )

nice gajal sir
जिन्दगीका
nice gajal sir
जिन्दगीका पलहरू, गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी, हाँसी हाँसी सर्नु पर्छ।
kesabji namaskar,
it’s very
kesabji namaskar,
it’s very nice gazal , it’s nearly touching heart. wish you write more for us,
thanks for nice gazal.
Lakpa Sherpa