Skip to content


चन्चले यो मनको रहर


चन्चले यो मनको रहर कसले पुरा गर्ला कान्छी
भरिएको जवानीमा कस्को? नजर पर्ला कान्छी

कोही छैन दायाँ बायाँ परेलीले बोलाउने
उर्लिएको माया मेरो अनायासै झर्ला कान्छी

फक्रिन  लागेको कोपिला नै राम्रो भन्छन
कता कता चिन्ता पर्यो मेरो रहर मर्ला कान्छी


जवानीमा कस्नु पर्छ लगन गाँठो भन्छन सबै
बुढेसकालले छोइसक्यो अब फेरि सर्ला कान्छी

कोही त होला मेरा लागि जन्मिएका संसारमा
मर्म बुझि ह्दयमा कस्ले माया छर्ला कान्छी

राजेश्वोर ढकाल “बाबु”
बगुवा -६ मछापोखरी,गोरखा
हाल-दोहा

2 thoughts on “
चन्चले यो मनको रहर”

  1. धन्यवाद कमेंट्स को लागी . यदि
    धन्यवाद कमेंट्स को लागी . यदि तपाई लाई मन परेको हो भने प्रयोग गर्न सक्नुहुन्ने छ !

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *