देखे पनि किन तिमी नदेखे झै गर्छ्यौ अचेल
टाढैबाट सन्किएर आँखा मात्रै तर्छ्यौ अचेल
साट्न बाँकी नै थिए मायाप्रीतका सौगातहरू
केको भूत चड्यो फेरि मनमा रिस भर्छ्यौ अचेल
जे भए नि गल्तीहरू सबै मेरैमाथि थुपारेर
आफ्नै मुटु बिरानो पारी कतातिर सर्छ्यौ अचेल
तिम्रो यो डंकाले संकाको बीजारोपण गर्यो यहाँ
लत्याएर मेरो माया कि अन्तै पो चर्छ्यौ अचेल
रानीटार १, पाँचथर
