बन्द आँखा एकै पलको देख्यो किन आइदिने
कस्तो बानी, साह्रै बेइमानी
हेरौभन्दा एकै झल्को आँखाभित्रै हराइदिने
कस्तो बानी, साह्रै बेइमानी
कति कति आँखाहरु प्यासी होलान् तिमीविना
कति मन दासी होलान् तिमीलाई पाउन
बास बस्न एक घुम्टो मेरै आँखा रोजिदिने
कस्तो बानी, साह्रै बेइमानी
कति मन दुख्यो होला तिमलिाई यहाँ देखि
कति दिल टुट्यो होला तिमीलाई नभेटी
प्यासी बनि पलभरको मेरै आँखा रोजिदिने
कस्तो बानी, साह्रै बेइमानी
बन्द आँखा एकै पलको देख्यो किन आइदिने
कस्तो बानी, साह्रै बेइमानी
हेरौभन्दा एकै झल्को आँखाभित्रै हराइदिने
कस्तो बानी, साह्रै बेइमानी
–पुष्पा खनाल

damdaar chha puspaa jee, बन्द
damdaar chha puspaa jee, बन्द आँखा एकै पलको देख्यो किन आइदिने
कस्तो बानी, साह्रै बेइमानी
हेरौभन्दा एकै झल्को आँखाभित्रै हराइदिने
कस्तो बानी, साह्रै बेइमानी
ajhai aru pani yastai damdaar prastuti lyaaunu nabhulnu holaa,
God bless you.
thank u soooooooooo much
thank u soooooooooo much
“बास बस्न एक घुम्टो मेरै आँखा
“बास बस्न एक घुम्टो मेरै आँखा रोजिदिने
कस्तो बानी, साह्रै बेइमानी”
पुष्पा जी धेरै लाई आफैले भोगेको अनुभूति हुने कविता लेख्नु भएछ रमाइलो लाग्यो. अरु पनि शब्द कोशेलीहरु पस्कदै गर्नुहुनेछ धन्यवाद
बिमल गौतम
काठमाडौँ
Thank you Bimal jee.
Thank you Bimal jee.
पुष्पा जी
हेरौभन्दा एकै
पुष्पा जी
हेरौभन्दा एकै झल्को आँखाभित्रै हराइदिने कस्तो बानी, साह्रै बेइमानी …………..
जब माया मा मन रमाउछु दुनिया नै खुसि भएजस्तो लाग्छ
कति मन दुख्यो होला तिमलिाई यहाँ देखि कति दिल टुट्यो होला तिमीलाई नभेटी …….
गीति कविता लेख्दै गर्नुहोला
प्यास राम्रो छ
सफलताको लागी सुभकामना छ
Thank you MAnoj jee.
Thank you MAnoj jee.
पुष्पा जि हजुर को सबै कबिता
पुष्पा जि हजुर को सबै कबिता पढे निकै राम्रो लाग्यो, आगामी दिन हरुमा पनि यसरी नै पढ्न पाउने छु भन्ने आशा छ । नयाँ बर्ष २०६७ को अग्रिम शुभकामना हजुर लाई ।