Skip to content

दुखैदुखमा तीस हिउँद


दु:खै दु:खमा तीस हिउँद काटेको छु मैले
दु:खसँगै यो जिन्दगी साटेको छु मैले

दु:खलाई त्याग गरी सुखी बन्छु भन्दा भन्दै
झनै धेरै दु:ख पाउन आँटेको छु मैले

शरीरमा बिमार र कस्ट हुँदा पनि
आरमै छु सबलाई भनि ढाटेको छु मैले

चाडबाड भेट घाट पर्बाह नगरी
परिवारको धेरै खुशी छाटेको छु मैले

सुन चाँदी धन दौलत कमाउने लोभमा
अरबको बालुवालाई चाटेको छु मैले

योग राज

हाल दुबइ

4 thoughts on “दुखैदुखमा तीस हिउँद”

  1. योगराजजी, दुखमा सुख खोज्नुमा
    योगराजजी, दुखमा सुख खोज्नुमा नै जीवनको वास्तविक मजा छ। दुख सबैलाई छ; त्यसलाई कसरी सामना गर्ने भन्ने नै हाम्रो लक्ष्य हुनुपर्छ। हैन र? हरेक दिन सार्थक बनाएर बाँच्नुपर्छ। दुख नभै सुखको अर्थ के थाहा हैन र?

    सुख एक दिन अवश्यमेव आउने छ। सार्थक जीवनको शुभकामना!!

  2. दु;खमा फुल्छ यौबन दु;खमै फल्छ
    दु;खमा फुल्छ यौबन दु;खमै फल्छ जिबन
    दु;खनै कर्म हो हेर बन्छ सार्थक जिबन

    दु;ख त्याग भयो भने फुल्ने छैन जिबन यो
    शिखर चुम्न सफलताको लिनु पर्छ केहि भिजन

    आपदमा साथ दिने सच्चा मित्र हुन्छन हेर
    सुख ता नि पाहुना हो त्यो त क्षणिक सिजन

    लोभले लाभ हुदै अनि विलापको बाटो हुदै
    बर्बादीको खाडल मा जाकी दिन्छ यो जिबन
    तिर्थ यात्री

  3. तपाईं हरु लाई एक्मुस्ट
    तपाईं हरु लाई एक्मुस्ट कमेन्टस् को लागि “धन्यवाद” दिन चाहन्छु

    “धन्यवाद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *