धेरै भयो गाउँघर छोडेको कतै बिरानो पो भयो कि
कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै पो छ कि
बुढो भै’सकेको वर र पिपलुको पनि कतै साथ छुट्यो कि
धेरै भयो सपना देखेको छुइँन सङ्गीले’नि भूलिदिए कि
म कहाँ भूल्न सक्छु, यादमा डुब्छु, एकान्त भेट्छु काँही
जहाँ म पुगे पनि मेरो नेपालको माया सँगै हुन्छ त्यहीं
जहाँ जन्मेर म खेलेर हुंर्के तिनै पहराछहरा छाँगासँग
आज कसरी नसम्झी रहूँ म अटुट नाता मेरो तिनै सँग
वा खाउँ म मिठो र मसिनो चम्चा र काँटा हर्दम साथमा
हिजोको साग अनि सिस्नो याद आउँछ, झल्झली आँखामा
गीता थापा (दोषी)
ईजरायल

gita ji sarai Ramro lagyo
gita ji sarai Ramro lagyo tapai ko gazal
aru ramra gazal haru padaudai garnu
thanks for u
Sanat anjam
Radio triveni 100.6 MHz
Bharatpur, Chitwan
Mo. 9845140137
गीता जी परदेश मा नै
गीता जी परदेश मा नै जन्मिएजस्तो लाग्छ मलाइ पनि खोइ किन हो म पनि धेरै भयो देश जान नपाएको कति दशैँ गयो तिहार गयो आफन्त सबै फर्केर गए गाउमा पनि कति परिवर्तन भयोहोला…. तर म यहा नै छु बर्षौ देखि टुक्रिएको मुटु जोड्ने क्रम मा …………..
झर्लक्क गाउको याद झल्कियो तपाइको गीति कवितामा अनि एकान्त मा बसेर सझिये म मेरो गाउमा पनि त्यो बरको पिपल को रुख अनि देउराली चौतारी मा………..लाएको माया प्रिती ……….हासीखेली सुखी जीवन ………………
ओ हो सम्झेर मन मा भक्कानु पर्छ गीता जी,,,,
धेरै धेरै धन्याबाद छ येती मान्छुने कविता दिएको मा……………..
बुढो भै’सकेको वर र पिपलुको पनि कतै साथ छुटोकी
धेरै भयो सपना देखेको छुइँन सङ्गिले’नी भूलिदिएकी
साच्चै नै ति दिन अनि
साच्चै नै ति दिन अनि क्षणहरुले कहिले काँही आँफैलाई कमजोर बनाउछन त कहिले तिनै क्षणको सहाराले हामी भित्र अनौठो ताकतको आभाष दिलाउछन !
धन्यवाद गीता जी
एक फन्को गाउँ घुमाउन लैजानु भएकोमा
gita jee dherai raamo
gita jee dherai raamo rachanaa chhadnu bhayo, khusi laagyo aru pani yasai gari didai janu hola tapaiko rachanaharu le shikhar chumun thank you.
BJ.
गीता जी राम्रो छ प्रयास
गीता जी राम्रो छ प्रयास ,!
अझै कोसिस गर्दै जानु होला.र …………
धेरै भयो गाउँघर छोडेको कतै बिरानो पो भयो कि
कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै पो छ कि
बुढो भै’सकेको वर र पिपलुको पनि कतै साथ छुट्यो कि
धेरै भयो सपना देखेको छुइँन सङ्गीले’नि भूलिदिए कि
बिरानो भाको छैन गाऊ घर
ढलेको ( छुटेको) छैन बर
भुलेको छैन संगीले
नमनु परदेशमा डर ……………
राजेश रुम्बा लामा
दोहा
reasonlama_rumba@yahoo.com