मेरो सानो मान्छे:
मेरो मान्छे उसलाई त्यहाँ टाउको दुख्दा
मलाई पनि दुख्छ यहाँ
खुसी हुँदा ऊ त्यहाँ
मन प्रफुल्ल हुन्छ मेरो पनि यहाँ|
२/३ दिन भो मन चंचल मेरो यहाँ
की सन्चो भयन सानुलाई त्यहाँ
फोन गर्दा पनि लागेन नेटवर्क ब्यस्त रे
अत्यार लाग्यो झन निंद्रा नै लागेन यहाँ|
याद मात्रै आउछ झन सानु संगै खेलेको
लुकामारी गर्दै,खेल्दै हात समाई हिडेको
त्यों सानु मान्छेलाई माया गरी राख है
रोयो भने ऊ त्यहाँ पीडा हुन्छ मलाई यहाँ|
मीठो मीठो बनाई खुवाऊ उसलाई त्यहाँ
सफासुग्घर गरिकन खुशी बनाऊ त्यहाँ
फेरि मन मेरो कुडीन्छ यहाँ
रिसायो की केहि कारणले ऊ त्यहाँ||
