Skip to content


हजुरकै सम्झनामा युग-युग रात भए
चिठी पत्र केही छैन सम्झनाकै खात भए

हजुरकै मुहार थियो जिउने आधार मेरो
त्यै मुहार नदेखेको आज महिना सात भए

हजुरको साथ सधैं वसन्तको बहार थियो
तर आज साँझ बिहान पत्झडका पात भए

छुटी गए हजुरका शब्दरुपी अमृतवचन
सम्झनाको भुमरीमा विलीन ती बात भए

मरुभूमि मेरो जीवन आत्माबिना अधर यो
बहार हुन्थें होला थाम्ने हजुरको हात भए

‘एकल यात्री’ बनी हिंड्छु सहयात्री कोही छैन
भोक निद्रा चैन सबै नचिनिने जात भए

3 thoughts on “प्रियाको सम्झनामा”

  1. गजल सारै राम्रो छ एकल यात्री
    गजल सारै राम्रो छ एकल यात्री जी,
    माथीको भन्दा यो
    बरु तपाई मेरो श्रृजना ब्लगस्पोत.कम घरको
    एकल यात्री हुनुहुन्छ की?
    जो हुनुभए पनी निरन्तरताको शुभ कामना

  2. एकल यात्री

    hoina ma bharkhar suru gardai
    hoina ma bharkhar suru gardai gareko aekal yatri hu
    dhanyabaad tapaiko subhakamanako laagi

  3. एकल यात्री जी
    जीवन येस्तै

    एकल यात्री जी
    जीवन येस्तै रहेछ कसैको साथ पाए जीवन खुसि मा हुदो रहेछ कहिले फेरी हजुरको मिठो गजल पढेर पनि मनमा उमङ्ग हुदोरहेछ ……
    राम्रो गजल को लागी सुभकामना छ

    मरुभूमि मेरो जीवन आत्माबिना अधर यो
    बहार हुन्थें होला थाम्ने हजुरको हात भए

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *