फोस्रो तिम्रो जवानी को लिलाम बिक्री नगर भो
बासाना को काहानी त्यो दोबाटो मा नछर भो
बैस छदा घर पोल्यौ जवानीको चर् पोल्यौ
रित्तिएको कामुक भाडो खरानी ले नभर भो
पिपासु ले मोही पार्ने भाडो भन्दा चुहियौ आज
मदानी लाई लिलाम गरि अझै नर्क नझर भो
स्वोभाव होईन बजारको आलु जस्तो किन्न पाइने
पिँगला झै तिम्रो बानि अब अघी नसर भो
कुहिएको बगरको माछा सरी तिम्रा अङ्ग
कसले किन्ला छानी छानी भ्रममा अब नपर भो
