Skip to content

म जँड्याहाकी स्वास्नी


बर्षौं पहिले यस घरमा सुन्दर सपना लिएर भित्रिएकी
उच्च सम्मानमा जिउने चाहनामा सजिएकी
रहरहरूको सुन्दर भबिष्यमा
एक आदर्श पत्नी, आमा, बुहारी भएर जिउने मेरो सपना
आज भताभुंग भएको छ,
तुसारापात भएको छ
हो म आज जँड्याहाकी स्वास्नी भएकी छु
भट्टीदेखि घरसम्मको उसको दिनाचार्य
भट्टी पसल्नीसँगको उसको संसार
म त्यसैमा रमाउन विवश छु
उसैको चाहनामा चल्न बाध्य म
उसैकी आदर्शकी पुतली
हो म जँड्याहाकी स्वास्नी
मेरो किने आफै परिचय छैन
मेरो ब्वाक्तिगत चाहनाहरू छैनन्
घर देखि पधेरा अनि हाट बजार
सीमित संसारभित्रकी
म जँड्याहाकी स्वास्नी,
हो म जँड्याहाकी स्वास्नी ।

लखनपुर ३, झापा, नेपाल,
हाल:बहराइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *