केही पल बिताएथे तिमीसँग बात लाग्यो
आज एक्लै एकान्तमा सुन्य मात्र हात लाग्यो ।
के पो रैछ जिन्दगी कहिले कहाँ, कहिले कहाँ ?
सम्झनाको सागरमा डुब्दा आज किन मात लाग्यो ।
सुकिसक्यो सम्झनाको कुलो, साँचै आज सुकिसक्यो
जिन्दगी नै कल्पनामा बाँच्नु रैछ घात लाग्यो ।
रमाएरै काटौँ भन्थें जिन्दगीका पलहरु मैले
“केशु”मात्र साथी रैछ आज त्यही साथ लाग्यो ।
(अमेरिका )

kesab dai namaskar! ramro
kesab dai namaskar! ramro rahechh gazal
रमाएरै काटौँ भन्थें जिन्दगीका पलहरु मैले
“केशु”मात्र साथी रैछ आज त्यही साथ लाग्यो ।
mina bantawa “mridu”
mode,, anarmani- jhapa
hal- israel tiberiya