घाम डुब्छ क्षितिजपारि उठ्न थाल्छन् आत्माहरू
एकै रातलाई फेरि जीवन बोकी
अशान्तिमा कुञ्जिएका, सबका अघि सुलिएका
रहस्यमै लुकाइएर कालन्तरमा भुलिएका
बन्द ढोका झ्यालहरू खोली
गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै
मिरमिरेमा पानी भर्न आइमाईको लहर
त्यै हुलमा मिसिनलाई बांगिनीको रहर
आफ्नो पिंढी नपोतेको वर्षौं भएछ नि
कुरिरा’छन् बालबच्चा लोग्ने घरमा पानी
पँधेरीमै गाडिएका, संगीबाट छाडिएका
बाँच्ने रहर हुँदाहुँदै जीवनबाट टाढिएका
रुन्छन् सँगसँगै डाँको छोडी
गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै
झरी झरी साउनझरी पाँचभाइलाई पीर
सिम्ले खेतमा खोला पस्ला, बास खोलैतिर
जुगौंदेखि बाँचिआए यही खेतको भरमा
यो नभए एकै गेडी अन्न हुन्न घरमा
खोलाखोलै बगिएका, पहिरोभित्र पुरिएका
अरुलाई जोगाऊँ भन्दा आफूआफैं लुटिएका
आफ्नो जीवनको अर्थ खोजी
गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै
कोही भन्छन् किचकन्नी छन् कोही भन्छन् राँके
यो गाउँभरि भूतप्रेत बस्छन्
कोही गाउँछन् हावासँगै कोही एक्लै नाच्छन्
अन्धकारमै भए पनि केही प्रहर बाँच्छन्
आफ्ना रहर इच्छाहरू सम्झी
गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

कुमार जी,नमस्ते
हाम्रो
कुमार जी,नमस्ते
हाम्रो गल्तीलाई रेख्देख गर्दागर्दैँ कविता लेखेर हामीलाई
पढ्ने मौँका प्रधान गर्नु भएकोमा अती आभार प्रकंट गर्दछु!
धन्यवाद समय भएमा अरुपनी यहाँबाट आशा गरौँ पढ्न पाइँनेछ!
मिरमिरेमा पानी भर्न आइमाईको लहर
त्यै हुलमा मिसिनलाई बांगिनीको रहर
आफ्नो पिंढी नपोतेको वर्षौं भएछ नि
कुरिरा’छन् बालबच्चा लोग्ने घरमा पानी
पँधेरीमै गाडिएका, संगीबाट छाडिएका
बाँच्ने रहर हुँदाहुँदै जीवनबाट टाढिएका
रुन्छन् सँगसँगै डाँको छोडी
geeta
from israel
Kumar jee,
Very new and nery
Kumar jee,
Very new and nery realistic. Hope to have more from your side. Thanks for sharing such new idea with us all.
Best regards,
Hem
कुमार जी धेरै दिन भा’थ्यो
कुमार जी धेरै दिन भा’थ्यो हजुरको रचना पड़ना नपाएको..!!!
आज यो गीति कविता हामीबीच पस्किदियेर म लगाएत मझेरी का सहित्येप्रेमी साथीहरुलाई एक नौलो कोशेली पाएको महसुस भएको छ साथमा हजुरको गीति कबिता अति रोचक लाग्यो शारंस मा भन्नुपर्दा यस कविता मा ताल देखि पाहाड सम्मको सत्येता खुलेको छ एक गरिब परिवारको बेदना झुल्किएको छ अनि अँध्यारो गाउका खोलानाला साथमा कसैको जीवन मरण बाट फर्केको येथार्थ लुकेको छ !!
सुभकामना छ फेरी रमाइलो कोशेली को साथमा आउनुहुन्छ भनेर म त कुरीरहेको हुनेछु…..I
गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै बरिलैलैलै बरिलैलैलै बरिलै बरिलैलैलै बरिलैलैलै बरिलै
बरिलैलैलै बरिलैलैलै बरिलै बरिलैलैलै बरिलैलैलै बरिलै बरिलैलैलै बरिलैलैलै बरिलै
गीताजी, हेमजी, तथा
गीताजी, हेमजी, तथा मनोजजी
प्रतिकृयाहरूको लागि धेरै धेरै धन्यवाद छ!
Fantastic poetry.. Keep it up
Fantastic poetry.. Keep it up Kumar Bro…!!
धेरै पुरानो कविता पढेको भने अहिले
गद्य कविता गहकिलो तर
संरचना पक्षमा परिष्कार जरूरी । बेग्लै स्वाद दिन सफल ।