Skip to content

बाडुलीले पिछा गर्यो


बाडुलीले पिछा गर्यो तिम्ले सम्झियौ कि
बार्दलीमा काग कराउँछ खबर पठायौ कि

फरफरायो देब्रे आँखा भेट हुन हो कि
बाँचेकै छु छातीभित्र तिम्रो तस्बीर बोकी

प्राण छउन्जेल आस हुन्छ बाटो हेरिराछु
जसो तसो आजसम्म सास फेरिराछु

कोरी राख चट्ट सिउँदो मैले सिन्दुर लाउँला
प्रतीक्षाको मिठो फल लुकी लुकी खाउँला

बिमल गौतम
मोरंग, हाल साउदी अरेबिया

1 thought on “बाडुलीले पिछा गर्यो”

  1. बाडुलीले पिछा गर्यो तिम्ले
    बाडुलीले पिछा गर्यो तिम्ले सम्झियौ कि
    बार्दलीमा काग कराउँछ खबर पठायौ कि
    फरफरायो देब्रे आँखा भेट हुन हो कि
    बाँचेकै छु छातीभित्र तिम्रो तस्बीर बोकी

    ati uttam bimal jee, bhawanaako yasari nai sirjanaa hos,, shubhakaamana.

Leave a Reply

Your email address will not be published. Required fields are marked *