तिर्थ (यात्री)पौडेल
गजल
लिलाम यो मेरो जिन्दगि, आफै यसलाई सेक्न सकिन
भाउ अर्कैले तोकी दियो, मनपरी यसलाई बेच्न सकिन ,
आना सुकी जन्मेदेखिको लगानी सब जोडेकोरे आजसम्मको
जसले लगानी गर्यो उही बोल्यो, मैले यसलाई फेर्न सकिन,
कोहि आफ्ना भए लिलाम बोल देखाऊ सहानुभूती अलिकति
खाएको छु अर्काको नमक बाच्नलाई, आफैले आफैलाई सेर्न सकिन
बाच्नु अभिसाफ भयो गुमनाम भएर, यात्रामा जिन्दगीको
लुछिएको पाए आमा, मेची हुदै कालीसम्म यसलाई हेर्न सकिन,
कति बाच्नु पराधिन भइ, पिएर नुनिलो नयनको जल
बरु मृत्यु अनमोल होला दासताको अगाडी यसलाई टेर्न सकिन,
लखनपुर ३ झापा,नेपाल
हाल;बहराइन
